उच्चस्तरीय छानबिन आयोग एक महिनापछि गठन गर्ने

२०८० भाद्र ६, बुधबार

काठमाडौं : सुन तस्करी प्रकरणको छानबिन गर्नको लागि दलहरूबीच उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । सिंहदरबारमा बसेको बैठकमा एक महिनापछि असोज ५ गते आयोग गठन गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘जाँचबुझ आयोग २०२६ अनुसार आयोग गठन हुन्छ । कानूनी र संरचनागत संरचनाबारे पनि अध्ययन गर्ने आयोगले सुझाव दिन्छ ।’ कति सदस्यीय आयोग गठन गर्ने भन्ने कुरा सरकारको हातमा भएको लेखकले बताए । यो सहमति भएसँगै अब सदन खुल्ने उनको भनाइ थियो ।

सुन प्रकरणमा सीआईबीको अनुसन्धान सकिएपछि एक महिनापछि मात्रै आयोग गठन गर्ने सहमति भएको हो । सीआईबीले आफ्नो कामलाई निरन्तरता दिनको लागि एक महिनापछि आयोग गठन गर्ने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । उनले भने, ‘सीआईबीले आफ्नो अभियोजनको काम पनि सक्छ । र, आयोग नयाँ बन्छ र काम थाल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार