सदन र सरकार सहमतिबाट चल्नुपर्छ : मुख्यमन्त्री थापा

२०८० भाद्र ६, बुधबार

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सदन र सरकार सहमति र सहकार्यबाट चल्नुपर्ने बताए । कोशी प्रदेशसभाको बैठक आज स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनिले सहमति र सहकार्यको विकल्प नरहेको बताए ।

जनताको चाहना र आवश्यकता पूरा गर्न सदन र सरकार आपसी सल्लाह, सहमति र सहकार्यबाट सञ्चालन गर्न प्रतिपक्ष दलका नेतालाई आग्रह पनि गरे ।

सरकारले हालै विश्वासको मत लिने प्रक्रियालाई लिएर विपक्षी दल नेकपा (एमाले) सर्वोच्च अदालत जाने भन्ने विषयमा गरिएको प्रश्नमा उनिले भने , “सर्वोच्च अदालतको जे फैसला आउँछ त्यसलाई शिरोधार्य गर्ने छु ।”

चालु आर्थिक वर्षका लागि अध्यादेशबाट आएको बजेट पास गराउन आफू सकारात्मक रहेको र यसका लागि प्रमुख प्रतिपक्ष दलको भूमिका पनि सकारात्मक हुनुपर्ने भन्दै मुख्यमन्त्री थापाले बजेट पास गराउने समय अझै पनि रहेकाले यसमा प्रतिपक्ष दलहरू गम्भीर हुुनुपर्ने प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार