राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको शिष्टाचार भेट

२०८० भाद्र ६, बुधबार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हन्ना सिंगर–हम्दीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा राष्ट्रपति पौडेलले नेपालको विकास र समृद्धि एवं दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा संयुक्त राष्ट्रसङ्घले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार