महाकाली नदीमा जलसतहले नाघ्यो सतर्कता तह

२०८० भाद्र ७, बिहीबार

डडेलधुरा : महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगेको छ।

महाकालीको सतर्कता तह ५.८० मिटर हो। खतराको तह ७ मिटर तोकिएको छ। अहिले पानीको बहाव स्थिर छ।

दिउँसो र राति सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्ने पूर्वानुमान् रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार