अस्ट्रेलियाले गर्‍यो समीक्षा अधिकारीको भिसा रद्द

२०८० भाद्र ७, बिहीबार

काठमाडौँ : गायिका समीक्षा अधिकारीको अस्ट्रेलियाको भिसा रद्द भएको पाइएको छ । उनले यसअघि नै पाएको एक वर्ष अवधिको भिसा रद्द भएको हो । आखिर उनको भिसा रद्द किन भयो त ? यसको उनकी दिदी भएको बताइएको छ । फागूपूर्णिमामा अस्ट्रेलिया यात्राको क्रममा उनले आफू १८ वर्ष नपुगेकाले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई लिएर गएकी थिइन् । फर्किँदा उनले दिदीलाई उतै छोडेर आएको कारण अहिले भिसा रद्द भएको बताइन्छ ।

उनी अहिले फेरि तीजको अवसरमा आयोजना हुन लागेको कार्यक्रमका लागि अस्ट्रेलिया जाने तयारीमा थिइन् । उनको १ वर्षको भिसा भएकाले उनले फेरि आवेदन दिनुपर्ने त थिएन । तर फेरि आफू १८ वर्ष नपुगेकोले केयर टेकरको आवश्यकता पर्ने भन्दै समीक्षाले आवेदन दिएकी थिइन् ।

जसअनुसार केयर टेकरको रूपमा लैजान लागेको व्यक्तिको भिसाका लागि आवेदन दिइएको थियो । पहिले लगेको केयर टेकर उतै छाडेको कारण नेपालस्थित अस्ट्रेलियन दूतावासले उनको भिसा रद्द गरिदिएको बताइएको छ । समीक्षाले अब तत्काल भिजा पाउँछिन् वा पाउँदिनन् त्यो भने अहिले बाहिर आएको छैन । यस विषयमा समीक्षाले पनि मौन छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार