कांग्रेस नेता डा कार्कीको निधन

२०८० भाद्र ७, बिहीबार

काठमाडौं : नेपाली कांग्रेसका नेता डा राजाराम कार्कीको निधन भएको छ। कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वप्रदेश सभा सदस्य कार्कीको बुधबार साँझ ५ बजे ६६ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको हो।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित डा कार्कीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको डा कार्कीका छोरा डा अमितसिंह कार्कीले जानकारी दिए।

धादिङ, नीलकण्ठ नगरपालिका निवासी नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका स्वर्गीय कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन्।

स्वर्गीय कार्कीको पार्थिव शरीरलाई भोलि भदौ ७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार