केदारनाथको शिर पत्ता लागेको दिन भक्तजनको ओइरो

२०८० भाद्र ७, बिहीबार

भक्तपुर : केदारनाथको शिर पत्ता लागी विधिवत् घोषणा भएको दिन बुधबार भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरपरिसरमा भिड लागेको छ। २०६६ साल भदौ ६ गते भारतको उत्तराञ्चलस्थित केदार वैराग्य पीठाधीश्वर श्रीश्रीश्री १००८ श्री भीमाशंकर लिंग शिवाचार्यले डोलेश्वरलाई केदारनाथको शिर भएको घोषणा गर्दै पूजा तथा रुद्राभिषेक गरेका थिए।

डोलेश्वरलाई केदारनाथको शिरोभाग घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोका खुला राखी भक्तजनललाई सो शिला छोएर पूजा गर्न सकिने व्यवस्था मिलाएको थियो। समितिले डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरका चारै ढोका खुला राख्नुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार