भारतबाट प्याज ल्याउन थाले व्यापारीले

२०८० भाद्र ७, बिहीबार

काठमाडौं : भारतले निर्यात कर लगाएपछि नेपालमा प्याज आयात गर्न बन्द गरेका व्यापारीहरुले अहिले भने आयात गर्न थालेका छन्। काठमाडौं उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारीले प्याज ल्याउन थालेका हुन्। बिहीबार मात्रै १ लाख ४५ हजार ६०० किलो प्याज आयात भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

यससँगै कालिमाटी तरकारी बजारको दैनिक मूल्यसूचीमा प्याजको मूल्यसूची समेत राखिएको छ। समितीका अनुसार बिहिबार प्याजको थोक मूल्य प्रतिकिलो न्यूनतम ७५ देखि अधिकतम् ८० रुपैयाँसम्म रहेको छ।

यसअघि भारतले ४० प्रतिशत निर्यात कर लगाएपछि सप्लायर्सहरुलले प्याज ल्याउन छाडेको समितिका उप–निर्देशक विनय श्रेष्ठले जानकारी दिएका थिए। सप्लायर्सहरुले प्याज नभएको जानकारी दिएको कारण प्याजको मूल्यसूची नराखिएको उनको भनाइ थियो। भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले गत शनिबार पुस ५ सम्म लागु हुनेगरी प्याज निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाएको घोषणा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार