मीनबहादुर गुरुङको बयान : ललिता निवासको जग्गा तीन जना मिलेर दर्ता गरेका हौँ

२०८० भाद्र ७, बिहीबार

काठमाडौं : ललिता निवासको सरकार जग्गा व्यक्तिका नाममा लाने प्रकरणमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा सञ्चालक मीनबहादुर गुरुङले आरोप स्वीकार गरेका छन्। उनले तीन जना मिलेर भाटभटेनी डेभलपर्स प्रालि खोली जग्गाको खरिदबिक्री गरेको बयान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएका छन्।

बयानमा उनले आफूसहित शोभाकान्त ढकाल र रामकुमार सुवेदी मिलेर उक्त जग्गा विकासको काम गरेको बताएका छन्।
ललिता निवास प्रकरणमा सीआईबीले जग्गा किर्तेमा उनीहरू तीन जना नै मुख्य अभियुक्त भएको दावी गर्दै सोही रुपमा कीर्ते गर्ने कार्य संगठित रुपमा भएको दाबीसहित मुद्दा दायर गर्नुपर्ने राय दिएको छ। सीआईबीको उक्त राय जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अध्ययनकै क्रममा छ। सरकारी वकिलको कार्यालयले शुक्रबार वा आइतबार अभियोगपत्र जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ।

उक्त बयानमा गुरुङले ढकाल र सुवेदीसँग २०६०/६१ सालमै चिनजान भएको र ललिता निवासको क्यामभित्रको जग्गाको काम गर्ने सहमती भएको स्वीकार गरेका छन्।

‘हामी ३ जना मिली भाटभटेनी डेभलपर्स प्रालि खोली जग्गा विकासको काम गरेका हौ। भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा।लि। कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रही संचालनमा रहेको छ,’ उनको बयानमा भनिएको छ ‘उक्त कम्पनिको संचालकहरूमा म, मेरो श्रीमती सावित्री गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाल रहेका छौँ। म र मेरी श्रीमती सावित्री गुरुङको नाममा ५१५ शेयर रहेको छ भने रामकुमार सुवेदी र शोभाकान्त ढकालको गरी ४९५ शेयर लगानी रहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
4
+1
0
+1
0
+1
0
+1
3
+1
0

ताजा समाचार