महिलालाई ठक्कर दिँदा मृत्यु भएपछि रौतहटमा ट्रकमाथि आगजनी

२०८० भाद्र ७, बिहीबार

जनकपुरधाम : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका १ मा ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु भएपछि स्थानीयले ट्रकमाथि आगजनी गरेका छन् ।

ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकको ठक्करले स्थानीय ५५ वर्षीया विमला कुमारीको मृत्यु भएको हो । महिलाको मृत्युपछि आक्रोशित स्थानीयले ट्रकलाई नियन्त्रणमा लिएर आगजनी गरेका छन् ।

ट्रकले ठक्कर दिएपछि मलिा घाइते भएकी थिइन् । तर पछि ब्याक गरी किचेर मारेको भन्दै स्थानीयले ट्रकमा तोडफोड र आगजनी गरेको बुझिएको छ ।

ट्रकमा आगजनी गरेपछि प्रहरीले नगरपालिकाको बारुण यन्त्र बोलाएको थियो । बारुण यन्त्र आएपछि भीडले त्यसमा पनि ढुंगामुडा गरेका छन् । अहिले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार