मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउँछौँ : मन्त्री बस्नेत

२०८० भाद्र ७, बिहीबार

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउने गरी काम अगाडि बढाउने बताएका छन्।

बिहीबार जल तथा मौसम विज्ञान विभागको कार्यालय अनुगमन गर्दै मन्त्री बस्नेतले यस आर्थिक वर्षमा मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउनेगरी काम अगाडि बढाउने बताएका हुन्।

उनले यसको निम्ति विगतको अनुभवसहितलाई समेत मध्यनजर गर्दै आवश्यक अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए।

उनले मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउनलाई ध्यान दिइने उल्लेख गरे। उनले पूर्वसूचना प्रणालीलाई पनि जनमानसमा अझ व्यापक गर्नुपर्नेमा जोड दिए। उनले यसको निम्ति नीतिगत, संरचनागत तथा प्राविधिक क्षेत्रमा गर्नुपर्ने काम सरकारले गर्ने बताए।

उनले भने, ‘हामी अत्यन्त जिम्मेवारीका साथ र पूर्वानुमानलाई अझ भरपर्दो बनाउन लागिरहेका छौँ। त्यसको निम्ति हामीले प्रविधिको क्षेत्रमा, हामीले प्रयोग गरिरहेका स्रोतहरुलाई अधिकतम प्रयोग गरेर हाम्रो अवस्थाअनुकूल विश्लेषण गर्ने कुरा अझ जरुरी छ। यसको निम्ति चाहिने प्रविधि, जनशक्तिको कुरा, आवश्यक पर्ने तालिमको कुरा यो सबै बारेमा सरकारले मन्त्रालयको तर्फबाट पर्याप्त ध्यान पुर्‍याउँछौँ। हामी यो आर्थिक वर्षमा पूर्वानुमानको क्षेत्रलाई अझ बढी यथार्थपरक बनाउनेगरी हामी काम अगाडी बढाउँछौँ। के गर्दा अझ बढी यथार्थपरक हुनसक्छ हाम्रो पूर्वानुमानहरु अध्ययन गर्नुस् भनेको छु।’

उनले कर्मचारीहरुलाई जिम्मेवारीपूर्वक काम गर्न र सही सूचना दिन पनि आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार