प्रहरीका वरिष्ठ सईको हत्या आरोपमा आमा–छोरा जेल चलान

२०८० भाद्र ७, बिहीबार

बागलुङ : प्रहरी वरिष्ठ सई उज्वल पौडेलको हत्याको आरोपमा पक्राउ परेका आमाछोरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका ६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

गत साउन ८ गते राति ११ बजे कुँवर आमा छोराले मिलेर भिमगिठेस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज वरिष्ठ सई पौडेलको हत्या गरेको भन्दै मुद्दा दर्ता भएको थियो । खाजा खान होटलमा गएका पौडेल होटलमै मृत फेला परेका थिए ।

हत्या आरोपमा आमाछोरालाई गत साउन ९ गते पक्राउ गरेको थियो। उनीहरुलाई सजाय कति हुने वा सफाइ पाउने भन्ने फैसलामा टुंगो लाग्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार