ट्रकको ठक्करबाट एकको मृत्यु

२०८० भाद्र ७, बिहीबार

सर्लाही : पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पौराहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बागमती नगरपालिका–१ स्थित पौराहीमा आज बिहान करिब ११ः३० बजे पश्चिमबाट पूर्वतर्फ हिँडेको ना६ख १५०० नम्बरको ट्रकले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका–१ का अन्दाजी वर्ष ५५ की विमला विमलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार ट्रकले ठक्कर दिएर स्थानीय विमलीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रकमाथि तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन् ।

श्रीमान्–श्रीमती बजार गएका आएका बेला पौराही पुलमा विमलीलाई पछाडिबाट ठक्कर दिँदा लडेपछि पुनः ट्रक ब्याक गरी किचेको पीडित परिवारको भनाइ छ । ठक्कर दिने ट्रकका चालक इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार