सन्दीपको मुद्दा छिटो टुंग्याउन माग गर्दै युवाहरूको टुँडिखेलमा प्रदर्शन

२०८० भाद्र ७, बिहीबार

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको मुद्दालाई टुंगो लगाउन माग गर्दै केही युवाले प्रदर्शन गरेका छन् । 

नाबालिग बलात्कार मुद्दामा मुछिएका सन्दीप राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य हुन् । तर, मुद्दाको टुंगो नलाग्दा उनी एसिया कपका लागि टिमसँग जान पाएका छैनन् ।

आज काठमाडौंस्थित टुँडिखेलमा केही युवाहरूले प्रदर्शन गरेका हुन् । जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दाको टुंगो छिटो लाग्नुपर्ने उनीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार