मेरो माइक्रोफाइनान्सको सीईओमा पुनः रामहरि दाहाल नियुक्त

२०८० भाद्र ८, शुक्रबार

काठमाडौं : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः दाहाल नियुक्त भएका छन् ।

लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले रामहरि दाहाललाई पुनः सीईओमा नियुक्त गरेको हो । सीईओ दाहालको पदावधि भदौ मसान्तमा सकिँदै छ । उनको कार्यकाल सकिनु अगावै सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले पनुः ४ वर्षका लागि कार्यकाल थप गरेको हो ।

उनको आगामी कार्यकाल असोज १ गतेदेखि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार