आइएमई पेले ल्यायो ‘विकेट टु विन’ अफर

२०८० भाद्र ८, शुक्रबार

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै नयाँ अफर ल्याएको छ । आइएमई पेले ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको हो ।  

यही भदौ ८ देखि १२ गतेसम्म पाँच दिन चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ‘एशिया कप’ प्रोमो कोडको प्रयोग गरी १५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।  

साथै यस अफरमा सहभागी हुने ग्राहकमध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको  निशुल्क सब्सक्रिप्सन पनि जित्न सक्नेछन् । यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पेका सिईओ प्रविण रेग्मीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार