के तपाईको पनि दुख्छ ढाड? जान्नु होस कारण, लक्षण र उपचार

२०८० भाद्र १०, आईतवार

काठमाडौं : मानव शरीरको मेरुदण्ड ३३ वटा हाडले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ। मेरुदण्डलाई भर्टिब्राईबाट बनेका ५ वटा खण्डमा विभाजित गर्न सकिन्छ। गर्धनको ७ वटा सर्भिकल भर्टिब्राई, १२ वटा थोरासिक भर्टिब्राई, ५ वटा लम्बर, ५ वटा सार्कल र ४ वटा कक्सिजियल भर्टिब्राई। यी भर्टिब्राई लिगामेन्ट, मांसपेसी, फसेट जोर्ने र इन्टरभर्टिब्रल डिस्कहरुद्वारा एक अपसमा जोडिएका हुन्छन्।

इन्टरभर्टिब्रल डिस्कहरुले मानव शरीरको मेरुदण्डको उचाइ बढाउन मद्दत गर्नुका साथै मेरुदण्डमा पर्ने बललाई कम गर्न वा तल झार्नका लागि कुशनको रुपमा काम गर्छ। मेरुदण्डले स्पाइनल कर्ड र स्पाइनल स्नायु जराहरुलाई आफूभित्र समावेश गर्नुका साथै संरक्षण गर्न समेत काम गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार