सारुक ताम्राकार आत्महत्या प्रकरणमा आफूविरुद्ध एकतर्फी प्रहार गरियो: नम्रता श्रेष्ठ

२०८० भाद्र ११, सोमबार

काठमाडौं : अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको प्रकरणमा आफूविरुद्ध एकतर्फी रुपमा प्रहार गरिएको गुनासो गरेकी छिन् । उनले केही मुठ्ठीभरका मानिसहरु आफूविरुद्ध हात धोएर लागेको बताएकी छिन् ।

सामाजिक संजालमा लामो पोस्ट गर्दै नम्रताले आफ्नो प्रष्टीकरण दिएकी हुन् । उनले आफूलाई सारुकको आत्महत्याको मुख्य कारक ठहर गर्ने प्रयास गरिएको र आफूविरुद्ध गलत हल्ला फैलाइएको समेत बताएकी छिन् । उनले आपवmू क्यानडा नगएको तर मिडियामा क्यानडा भागेको भनेर गलत हल्ला फैलाइएको समेत बताइन् ।

सारुक ताम्राकारले आत्महत्या गरेपछि उनले काम गरिरहेको फिल्म ‘माया’ की कलाकार समेत रहेकी नम्रता श्रेष्ठलाई नै कारक ठहर गर्नेगरी केही हल्ला बाहिरिएका थिए । केहीले सारुक र नम्रताको झगडा भएको समेत दावी गरेका थिए । यद्यपि सारुकको सुसाइड नोटमा भने यस्तो केही उल्लेख थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार