देश लुटेर विदेश पुर्‍यााउनेहरू सत्तामा छन्, तिनकै पक्षमा प्रावधानहरू बनिरहेका छन् : प्रभु साह

२०८० भाद्र ११, सोमबार

काठमाडौं : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश लुटेर विदेशमा गई मोज गर्नेहरू सत्तामा रहेको आरोप लगाएका छन्। सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकमा देश लुटेर विदेशमा सम्पत्ति थुपार्नेहरू सत्तामा हाबी भएको र उनीहरूकै पक्षमा ऐन प्रावधानहरू बनिरहेको बताए।

उनले विदेशमा खुन पसिना बगाएर भए पनि नेपाल बनाउन चाहनेहरू देशमा अपमानित भइरहेको तर नेपाल लुटेर विदेश थुपार्नेहरू सम्मानित भइरहेको बताए। सरकार, शासन र प्रशासनमा ती वर्गका कुनै पनि काम नरोकिएको उनको भनाइ थियो। उनले गैरआवासीयलाई नागरिकता दिने विधे‍यक पारित अचल सम्पत्ति बाहिर लैजाने बाटो खोल्न भएको आरोप लगाए।

सत्तामा देश लुटेर विदेश पुर्‍याउने वर्गहरू भएकै कारण देश असफलतातर्फ उन्मुख भइरहेको र अहिले देश सं‌कटग्रस्त अवस्थामा रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार