इरानमा हिजाब विरोधी गायकलाई कारबाही गरिने

२०८० भाद्र ११, सोमबार

काठमाडौं : इरानी अधिकारीहरूले देशका एक गायक विरुद्ध कानुनी कारबाही गर्ने निर्णय गरेका छन्। गायक विरुद्ध उनले महिलाहरुलाई हेडस्कर्फ वा हिजाब नलगाउन प्रोत्साहन गर्ने गीत सार्वजनिक गरेको आरोप छ।

इरानको अदालतले मेहदी याराही नामक यी गायकले सार्वजनिक गरेको गीतका शब्दलाई अवैधानिक भनेको छ । मेहदी याराही एक इरानी गायक, संगीतकार र कार्यकर्ता हुन्।

उनको भर्खरै रिलिज भएको गीतको शीर्षक ‘रुसारितो’ हो, जसको अर्थ फारसीमा तिम्रो हिजाब हो । गत वर्ष २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा हिजाबविरुद्धको विरोध प्रदर्शन जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार