भारतीय गायक अरमान मलिकले गरे आशना श्राफसँग इन्गेजमेन्ट

२०८० भाद्र ११, सोमबार

काठमाडौं : भारतीय गायक अरमान मलिकले इन्गेजमेन्ट गरेका छन्।

उनले प्रेमिका आशना श्राफसँग इन्गेजमेन्ट गरेका हुन्। उनीहरूले सोमबार इन्स्टाग्राममार्फत इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्।

‘अब हाम्रो जीवनभरको साथ सुरू भयो,’ अरमानले लेखेका छन्। उनीहरूले तस्बिर सार्वजनिक गरेपछि बधाईको ओइरो लागेको छ। अरमान मलिक संगीतकार दबो मलिकका छोरा हुन्। उनका दाइ अमाल मलिक पनि संगीत क्षेत्रमा आवद्ध छन्। अरमान र अमालले एकसाथ थुप्रै गीत गाएका छन्।

आशना श्राफ फेसन इन्फ्लुएन्सर हुन्। उनले ब्युटी र फेसनसँग सम्बन्धित भ्लग बनाउँछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार