कहाँ हराए गुल्मपति पण्डित ?

२०८० भाद्र ११, सोमबार

काठमाडौं : डोल्पाका नेपाली सेनाका गुल्मपति विमल पण्डितलाई खोज्न सेनाले विभिन्न ब्यारेकबाट सेना परिचालन गरेको छ। डोल्पा सदरमुकामस्थित नन्दबक्सका गुल्मपति पण्डित आइतबार दिउँसो ४ः५५ बजेतिर ब्यारेकबाट निस्किएका थिए। त्यसपछि उनी गुल्ममा फर्किएका छैनन्।

काठमाडौंको कागेश्वरी मनोहरा डाँछी घर भएका उनी ब्यारेकबाट एक घन्टाको दूरीमा रहेको त्रिपुराकोटमा पुगेको पाइएको छ।तर त्यसपछि सम्पर्कविहीन रहेका उनी कहाँ हराए भन्ने खुलेको छैन। सुरक्षाकर्मीहरुले उनलाई फेला पार्न पनि सकेका छैनन्।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले ब्यारेकबाट बाहिर निस्कँदा सँगै गएका साथीलाई फर्काएर उनी कहाँ हराए भन्ने पत्ता लाग्न नसकेको बताए। खोजि कार्य भइरहेको सेनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार