कटुवा पेस्तोलसहित किशोर पक्राउ

२०८० भाद्र ११, सोमबार

इनरुवा : सुनसरीको बर्जु गाउँपालिका–६ बाट कटुवा पेस्तोलसहित प्रहरीले आज एक किशोरलाई पक्राउ गरेको छ ।

बर्जु–६ स्थित बेलहा टोलमा बस्दै आएका १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोली एक राउण्डसहित पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । ती किशोरले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले गए राति उनको कोठाबाट पेस्तोल र गोली बरामद गरेको प्रहरीले जनाएको छ । तत्काल फरार किशोरको खोजी गर्ने क्रममा बर्जु–५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार