तपाईंको आँखामा डार्क सर्कल ? यी घरेलु उपाय अपनाउनु होस

२०८० भाद्र १२, मंगलवार

काठमाडौँ : आँखाले मनको भाषा बोल्छ । त्यसैले भन्ने गरिन्छ, बुझ्नेलाई इसारा काफी छ । आँखाको सुन्दरतालाई अबर्णनीय र सौन्दर्यको प्रतिकका रुपमा लिइन्छ । नारी सौन्दर्यका लागि आँखा त झन् प्रमुख नै मानिन्छ । जब यही आँखा वरपर कालो धब्बा (डार्क सर्कल) बस्छ, त्यसले अन्य सुन्दरतालाई पनि छायाँमा पार्छ । शरीर जतिसुकै कसिलो भएपनि आँखा सुन्दर नहुँदा सुन्दरता अर्थपूर्ण मानिदैन । यदि तपाईंको आँखामा डार्क सर्कल छ भने यी घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।

१) चियापत्तिलाई केहीबेर सफा पानीमा उमाल्ने । सेलाएपछि चियापत्तीको छोक्रालाई बोतलमा हालेर फ्रिजमा राख्ने । यसलाई कपासमा राखेर १५ मिनेट डार्क सर्कल भएको ठाउमा राख्ने ।

२) आलुको रसलाई डार्क सर्कल भएको भागमा लगाउने । १५ मिनेट पछि मुख धुने ।

३) चिसो दूध कपासमा झिजाएर आइ प्याकको रुपमा आँखामाथि राख्ने ।

४) बदामको तेल र भिटामीन इ क्याप्सुल फिटेर डार्क सर्कल भएको ठाउँमा मालिस गर्ने ।

५) मह र कागतीको रसको लेप लगाउने । १५ मिनेटपछि मुख धुने । यी कुनैपनि एक घरेलु विधि हरेक दिन प्रयोग गर्दा डार्क सर्कल हटाउन मद्दत मिल्नेछ ।

५) हरियो काक्रो गोलोगरी काटेर आँखामाथी राख्ने ।

डार्क सर्कल आउने कारण
मानसिक तनाव, कलेजो वा पाचन प्रणालीमा समस्या, निद्रा नपुग्नु, अस्वस्थ खानपान रक्सी–चुरोटको सेवन, महिनावारी नियमित नहुनु, कब्जियत, पोषणको कमी आदि डार्क सर्कल आउन सक्छ । यी घरेलु बिधि अपनाउँदा पनि डार्क सर्कल कम नभए डाक्टरको सल्लाह लिनुहोला । कतिपय अवस्थामा विभिन्न रोगका कारण पनि डार्क सर्कल आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार