देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

२०७९ माघ २५, बुधबार १८:४१ बजे

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।

बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषद्लाई लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्ष मान्न नसकिने भन्दै अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार