नागरिक उड्डयन प्राधिकरणलाई फुटसलको उपाधि

२०७९ माघ २५, बुधबार १८:५३ बजे

काठमाडौँ : नागरिक उड्डयन प्राधिकरण ‘ए’ ले १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपाल (पेस्डान) द्वारा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा नागरिक ‘ए’ ले नेपाल आयल निगम ‘बी’ लाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । नागरिक उड्डयन ‘ए’ को जितमा सुमित पराजुली र सुजन भारतीले समान १–१ गोल गरे । यता आयल निमग ‘बी’ का लागि भने राम विश्वकर्माले १ गोल फर्काए ।

भृकुटीमण्डपमा भएको फुटसलमा उपाधि विजेतालाई रु २५ हजार तथा उपविजेता टोलीलाई रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजक पेस्डानका उपमहासचिव रहनुभएका फुटसल संयोजक प्रशान्तबहादुर श्रेष्ठले जानकारी दिए । दुईदिने फुटसल प्रतियोगितामा विभिन्न १४ टोलीको सहभागिता रहेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार