कांग्रेस संसदीय दलको बैठक स्थगित

२०७९ माघ २५, बुधबार २०:०१ बजे

काठमाडौँ : संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गरी माघ २६ गते बिहीबार दिउँसो १ बजे बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको बताएको हो । कांग्रेस संसदीय दलका नेताको निजी सचिव केशवराज जोशीले अर्को सूचना जारी नभएसम्मका लागि भोलि बस्ने भनिएको बैठक स्थगित गरिएको जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार