‘छोरी पढाऔँ : गरिमा बढाऔँ’, विपन्न बालिकालाई छात्रवृत्ति प्रदान

२०७९ माघ २५, बुधबार २०:२५ बजे

काठमाडौँ : मानवअधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ ।

‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित समाजले ३४ बालिका प्रत्येकलाई रु १२ हजारका दरले रु चार लाख आठ हजारको छात्रवृत्ति प्रदान गरिएको सभापति रामकृष्ण बरालले जानकारी दिए । मोरङ जिल्लाको कटहरी गाउँपालिका, थलाहास्थित श्री जनता माविका २७ र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका सात गरी ३४ बालिकालाई वर्ष २०७९ को छात्रवृत्ति रकम प्रदान गरिएको हो । पाँच वर्षे छात्रवृत्ति अभियानअन्तर्गत पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ बालिकालाई छात्रवृत्ति प्रदान गरिएकोमा सोमध्ये यस वर्ष तीन जनाले विद्यालय परित्याग गरेको हुँदा ३४ बालिकालाई प्रदान गरिएको हो । समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियानअन्तर्गत पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुन्जेलसम्म यिनै बालिकालाई रु १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिने छ ।

पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तक रामप्रसाद जोशीले दुई, अनुजा खनालले दुई जना, संवत थापाले दुई र उर्मिला पराजुलीले दुई जनालाई सहयोग प्रदान गर्नुभएको समाजले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार