यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७९ फाल्गुन २४, बुधबार ०६:३१ बजे

काठमाडौँ : नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३० रूपैयाँ ७६ पैसा र बिक्री दर १३१ रूपैयाँ ३६ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ४५ पैसा र बिक्री दर १४० रूपैयाँ ०९ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ०८ पैसा र बिक्री दर १५७ रूपैयाँ ८० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८४ पैसा र बिक्री दर ३६ रूपैयाँ ०१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।    

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार