डोटीको रिठा–चन्कट्टे सडक निर्माणमा ढिलाइ

२०७९ फाल्गुन २४, बुधबार ०७:०१ बजे

डोटी : डोटीको जोरायल गाउँपालिका अन्तर्गतको बुडर–जोरायल सडकको रिठा–चन्कट्टे खण्ड निर्माणमा ढिलाइ भएको छ । ठेक्का म्याद सकिन चार महिना बाँकी छँदा प्रगती १० प्रतिशत मात्रै भएको पाइएको छ ।

तीन वर्षमा सम्पन्न गर्ने गरी सडक निर्माणको सम्झौता २०७७ असारमा भएको थियो । निमार्ण कम्पनीको लापरबाहीले काम समयमै सम्पन्न हुन नसकेको स्थानियको आरोप छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट मार्फत उक्त सडक खण्डको स्तरोन्नतिका लागि शर्मा–राजेन्द्र जेभीसित ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार सो काम २०८० असारभित्र सम्पन्न गर्नुपर्ने छ । “हालसम्म प्रगति १०÷१२ प्रतिशत मात्र भएको छ”, पूर्वाधार विकास कार्यालय, डडेल्धुराका प्रमुख नवराज रावलले भने–“तोकिएको समयमा काम सम्पन्न हुने सम्भावना न्यून छ ।”

ठेकेदारको लापरवाहीकै कारण सडक स्तरोन्नतिमा ढिलाइ भएको उहाँले बताए । निर्माण कम्पनीले कोभिड–१९ महामारीलगायत कारण निर्माणमा ढिलाइ भएको जनाएको छ । सम्झौताको अवधि भित्रै काम सम्पन्न गर्ने प्रयास गरिरहेको निर्माण कम्पनीका प्रतिनिधि रोशन भट्टले बताए । दश किलोमिटरमध्ये आठ किलोमिटरमा सबै काम समयमै सम्पन्न हुने उनले दाबी गरे ।

पटक पटक ताकेता गर्दा पनि ठेकेदारले निर्माणमा चासो नदिएको जोरायल–४ का वडाध्यक्ष नन्दराज भट्टको आरोप छ । नदी किनारमा तटबन्ध निर्माण नहुँदा स्थानीयको घर कटानको जोखिममा परेको उनको भनाइ छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार