मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाइँदै

२०७९ फाल्गुन २४, बुधबार ०९:०१ बजे

जनकपुरधाम : जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाइँदै छ । पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा रहेको छ ।

मंगलबार परिक्रमा सम्पन्न भएपछि आज मिठामिठा परिकार बनाएर खाँदै एकअर्कालाई रंग दलेर हर्सोल्लासपूर्वक होली मनाइँदै छ ।

यसअघि फागुन पूर्णिमाको दिन सोमबार पहाडी जिल्लामा र एकदिन पछि मंगलबार तराई मधेशका जिल्लाहरुमा होली पर्व मनाइएको थियो ।

असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक एवं आपसी एकता सद्भावकमो रुपान होली पर्व मनाइँन्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार