सीईओ गुरुङको ‘जान्दिन हे प्रियसी’ सार्वजनिक

२०७९ फाल्गुन २४, बुधबार ०९:५७ बजे

काठमाडौं : राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको रचनामा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले ‘जान्दिन हे प्रियसी’ गीत सार्वजनिक गरेका छन् ।

किन्नर किन्नरी गीत संग्रह भित्र रहेको गीतलाई गायक तथा संगीतकार बिबि अनुरागीको संगीतमा रेर्कडिङ गरिएको हो । अनुरागीको युट्युब च्यानलमा नै उक्त भिडियो सार्वजनिक गरिएको हो ।

रेर्कडिङका लागि अनुमति लिने र सबै ब्यबस्था मिलाउने कार्य सीईओ गुरुङले गरेका हुन् । गुरुङ पेशाले बैंकर भएपनि एक कुशल गायक तथा सर्जक हुन् ।

राष्ट्रकवि घिमिरेका छोराहरु ईन्दिवर घिमिरे र राजीव घिमिरसँग समन्वय गरेर गीत रेर्कडिङ गरेको संगीतकार अनुरागीले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार