नेपालको इतिहासमा पहिलोपटक महिला क्रु–मेम्बरहरूले मात्रै भरे अन्तर्राष्ट्रिय उडान

२०७९ फाल्गुन २४, बुधबार ०९:४३ बजे

काठमाडौँ : नेपालको इतिहासमा पहिलो पटक नेपाली महिला पाइलट समूहले अन्तर्राष्ट्रिय उडान भरेर रेकर्ड राखेका छन् ।अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल वायुसेवा निगमले युएईका लागि अहिले उडेको आफ्नो विमानका सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेका हुन् ।

युएईबाट काठमाडौँका लागि आज बिहान उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहाजका सबै क्रू मेम्बर महिला मात्रै राखिएको छ । सो जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ ।

नाइन एन एकेएक्स जहाजको कमान्ड पाइलट भावना गिरी पन्तले गरेकी छिन भने को–पाइलटमा सृजना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, सङ्गीता केसी र अनिशा प्रजापति रहेका छन्। 
 

यसअघि दुबई काठमाडौँका लागि यसअघि पनि दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका थिए । त सबै क्रु–मेम्बर महिला मात्रै भएर अन्तर्राष्ट्रिय उडान भरेको भने यो पहिलो पटक हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार