
काठमाडौँ : नेपालमा पुरुषको तुलनामा महिलाको आँखामा बढी समस्या देखिएको छ। अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले एक कार्यक्रम गर्दै पुरुषको तुलनामा महिला आँखा उपचारका लागि कम अस्पताल आउने भएकाले महिलामा अन्धोपना बढी देखिरहेको जानकारी दिएको हो।
मंगलबार आयोजित कार्यक्रममा प्रतिष्ठानले प्रस्तुत गरेको तथ्यांकअनुसार एकतिहाइ पुरुष र दुईचौथाइ महिलामा अन्धोपन देखिएको छ। महिलाहरू ढिला उपचारमा पुग्दा धेरैको मोतीबिन्दु हुने र यसका कारण दृष्टिविहीन हुन पुगेको प्रतिष्ठानकी डा. सिर्जना अधिकारीले जानकारी दिइन्।
डा.अधिकारीको अनुसार महिलामा यो समस्या देखिनुको मुख्य कारण शिक्षाको कमी र आर्थिक अभाव हो। यी कारण उनीहरू समयमै अस्पताल जान नसक्दा र महिलामा देखिने समस्यालाई परिवारले पनि साथ नदिने कारण उनीहरूमा आँखाको समस्या बढी पाइएको उनको भनाइ छ।
महिलामा भएको कूल अन्धोपनको भारका आधारमा ६० प्रतिशत सेवा महिलाले प्रयोग गर्नुपर्नेमा ५२ प्रतिशत प्रयोग गरेको जानकारी उनले दिइन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।