
काठमाडौँ : एक महिनाको अवधिमा सुनको मूल्य प्रतितोला ६ हजार रुपैयाँले घटेको छ । नेपाली बजारमा सुनले माघ १९ गते कीर्तिमानी मूल्य कायम गरेको थियो । उक्त मितिमा सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ कायम थियो ।
तर, त्यसयता सुनको मूल्य निरन्तर घटेर कारोबारमा आइरहेको छ । आज फागुन २४ गतेसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै जाँदा माघ १९ गते अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । यसअनुसार उक्त मूल्य नेपाली बजारमा पनि सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको थियो ।
यस्तै, उक्त मितिमा चाँदीको मूल्य तोलामा १ हजार ३९५ रुपैयाँ कायम थियो । तर, त्यसयता निरन्तर मूल्य घट्दै १ हजार २२५ रुपैयाँमा आइपुगेको छ । यस अवधिमा चाँदीको मूल्य तोलामा १७० रुपैयाँ घटेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।