आफ्नो स्वार्थमा ठेस लागेपछि राष्ट्रपतिविरुद्ध बकवास गर्छन् : ओली

२०७९ फाल्गुन २४, बुधबार १४:११ बजे

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्वार्थ प्रेरित व्यक्तिहरूले राष्ट्रपतिको मर्यादाको ख्याल नगरेको टिप्पणी गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई दलीय स्वार्थ केन्द्रित निर्णय गरेको आरोप लाग्दै आइरहेको बेलामा अखिल नेपाल महिला संघद्वारा आयोजित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन्।

उनले भने, ‘राजनीतिक स्वार्थ प्रेरितहरूले आफ्नो स्वार्थमा कतै ठेस लाग्दा वा आफ्नो सङ्कीर्ण, छुद्र स्वार्थ पुरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहोदाको मर्यादा नगरेर बकवास गरेका हुन सक्छन्। ती कुराको खास अर्थ छैन। आज हामीले गौरव गर्नुपर्छ विद्यादेवी भण्डारी जस्तो नेतृ तपाईँहरूको आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको हैसियत सफलतापूर्वक नेतृत्व गर्नुभयो।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार