दुई युवा शाहरुख खानको बंगलाको मेकअप रुममा आठ घण्टा लुकेर बसेका थिए

२०७९ फाल्गुन २४, बुधबार १४:३९ बजे

काठमाडौं : बलिउड अभिनेता शाहरुख खानको बंगला ‘मन्नत’ भित्र घुसपैठ गरेको आरोपमा गत हप्ता दुई युवा पक्राउ परेका थिए । मुम्बई प्रहरीले प्रारम्भिक अनुसन्धानपछि यी दुई युवा शाहरुखको मेकअप रुममा करिब आठ घण्टासम्म लुकेको बताएको थियो ।

पुलिसले भन्यो, “दुबै आरोपी शाहरुख खानलाई भेट्न उनको बंगलामा प्रवेश गरे र कलाकारलाई मेकअप रुममा करिब आठ घण्टासम्म पर्खिरहेका थिए। उनीहरु बिहान करिब ३ बजे बंगलामा पसेका थिए जहाँ उनीहरुलाई १०.३० बजे समातिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै युवक पर्खाल हाम फालेर बंगलामा प्रवेश गरेका थिए ।

दुबै युवकको पहिचान साहिल सलिम खान र राम सराफ कुशवाहाको रूपमा भएको छ। प्रहरी सोधपुछका क्रममा ती युवकले आफ्नो उमेर २० र २२ वर्ष बताएको र गुजरातको भरुचबाट शाहरुख खानलाई उनको बंगलामा भेट्न खोज्दै पुगेको र त्यहाँ सुरक्षा गार्डले समातेर प्रहरीलाई बुझाएको पनि बताए । अहिले प्रहरीले दुवै युवालाई सोधपुछ गरिरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार