नाकमा आएको डण्डीफोर निचोर्दा बिग्रियो यति राम्रो अनुहार

२०७९ फाल्गुन २४, बुधबार १५:०१ बजे

काठमाडौं : नाकमा आएको डण्डीफोर निचोर्दा एक युवतीको रुपनै बिग्रिएको छ । फिलिपिन्सकी युवती मेरी यान रेगाचोले नाकमा आएको डण्डीफोर निचोर्दा हाल उनी चिन्नै नसक्ने भएकी छिन् ।

नाकको छेउमा आएको डण्डीफोर निचोरेपछि सुन्निँदै गएको र अनुहारभरि फैलिँदै गएर आँखा हेर्न समेत गाह्रो परेको उनले सञ्चार माध्यमहसंग गुनासो पोखेकी छिन् ।

उनको नाकमा डण्डीफोर लामो समयदेखि थियो र उनले हर्मोनका कारण त्यसो भएको ठानिन् । पोहोर सालमा मात्र उनले छोरो जन्माएकी थिइन् । गर्भवती भएपछि छालामा समस्या आउने उनलाई थाहा थियो ।

अति भएपछि उनले डण्डीफोर निचोरिन् । त्यसको केही दिनपछि उनलाई दुख्न थाल्यो र अनुहार सुन्निन थाल्यो । उनले यसलाई रोक्न आयुर्वेदिक उपचार गरिन् तर त्यसको कुनै असर परेन ।

उनका पति अल्बर्ट सालेस छिमेकीको घरमा पार्टटाइम काम गर्छन् । उनीहरूको कमाइ थोरै भएकाले स्वास्थ्य उपचार गराउन सकिरहेका छैनन् । जिन्दगीभरि सुन्निएको अनुहार लिएर बस्नुपर्ने भयो भनी रेगाचोले पीर मानेकी छन् ।एजेन्सी

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार