अमेरिकाबाट पठाएको पार्सलमा भेटियो गाजा, ३ जना पक्राउ

२०७९ फाल्गुन २४, बुधबार १५:३६ बजे

काठमाडौं : प्रहरीले अमेरिकाबाट नेपाल पठाइएको चिठीपत्रको खामभित्र गाजा भेटेको छ । एउटा पार्सलमा साढे ४ किलो र अर्को पार्सलमा २.४ किलो बरामद गरेको नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।

२१ फागुनमा अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको चकलेट र बालबालिकाको खेलौना उल्लेख गरिएको पार्सलमा साढे ४ किलो गाजा भेटिएको ब्यूरोले जनाएको छ ।

उक्त पार्सल बुझ्न आउने भारत गुजरातका ३० वर्षका निमेश अशोकभाइ दयानी र सर्लाहीको हरिहरपुर नगरपालिका-३ का फैज आलम  पक्राउ परेका ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

प्रहरीले भारतीय नागरिक निमेशको साथबाट १ लाख ४० हजार भारु र सर्लाहीका फैज आलमको साथबाट ८० हजार रुपैयाँ पनि बरामद गरेको छ ।

त्यस्तै अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै आएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटम उल्लेख गरेको पार्सलमा पनि प्रहरीले २.४ किलोग्राम गाँजा भेटेको छ । उक्त पार्सल रिसिभ गर्ने व्यक्ति गोरखाको गण्डकी गाउँपालिका- ४ का २३ वर्षका रुपक अर्याललाई पक्राउ गरिएको ब्यूरोका एसपी जोशीले जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार