
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको हो ।
अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा बस्दै आएका छन् ।
शोकको बेलामा परिवारजनलाई समवेदना दिन अध्यक्ष ओली कोटेश्वरस्थित महादेवस्थान पुगेपछि दुई अध्यक्षबीच भेटघाट भएको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।