१०० औं भागको खुसीमा जुठेले गर्‍यो रीमा सेवा समाजलाई आर्थिक सहयोग

२०७९ फाल्गुन २४, बुधबार १६:२० बजे

काठमाडौँ : टेलिश्रृखला ‘जुठे’ ले बुधबार १०० औं भाग वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा बुधबार काठमाडौँको गोल्फुटारमा एक कार्यक्रम गर्दै मनाएको छ ।

उक्त अवसरमा टेलिश्रृखलाको तर्फबाट अनाथ बेसहारा आश्रम रीमा सेवा समाजलाई एकलाख रुपैयाँ आर्थिक सहयोग समेत गरिएको थियो ।

कार्यक्रममा कलाकार महजोडीले समाज सुधारका लागि ‘जुठे’ जस्ता टेलिश्रृंखलाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । जातीय भेदभाव, थिचोमिचो र समानताका लागि सिरियलले दिएको सन्देश एकदमै सकारात्मक रहेको उनीहरुले धारणा राखेका थिए ।

कार्यक्रममा टेलिश्रृखलाका कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ बल्छी ‘धुर्वे’ले महजोडी र केदार घिमिरे माग्ने बुढाको पाइला पछ्याउँदै आफूहरु अघि बढेको बताए । अभिनेता रवि गिरीले ५० वर्षअघिको कथामार्फत आफूहरुले सामाजिक यथार्थ देखाउने प्रयास गरेको बताए । 

राजु मास्टर र बल्छी धुर्वेले निर्देशन गदै आएका सिरियलमा  रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतको अभिनय रहँदै आएको छ । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार