सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट, भोलि विवाह

२०७९ फाल्गुन २४, बुधबार १६:३६ बजे

काठमाडौं : अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच बुधबार इन्गेजमेन्ट भएको छ । फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै पन्तले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’

बिहीबार चितवनको सौराहामा विवाह समारोह हुनुअघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन् । तस्वीरमा दुवैले टीका र फूलमाला लगाउँदै इन्गेजमेन्ट रिङ पनि लगाएका छन् । भोलि दुई जनाबीच भरतपुरमा वैवाहिक कार्यक्रम हुँदैछ ।

विवाहको ठाउँलाई गोप्य राखिएको छ भने विवाह समारोहमा भाग लिन आफन्त र परिवारजन चितवन जाँदैछन् । ६ वर्षदेखिको प्रेमलाई सुरक्षा र मानवले विवाहमा परिणत गर्न लागेका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार