नारीलाई सम्मान दिए मात्रै समाज सभ्य बन्छ : प्रदीप खड्का

२०७९ फाल्गुन २४, बुधबार १७:५९ बजे

काठमाडौं : अभिनेता प्रदीप खड्काले बुधबार माइती नेपालमा पुगेर त्यहाँका किशोरीलाई हौसला बढाएका छन् । नारी दिवसको अवसरमा माइती नेपालले आश्रित किशोरीका लागि फुटसल प्रतियोगिता आयोजना गरेको थियो । अतिथि बनेका खड्काले एक दिन मात्र नभएर हरेक समय र पलमा नारीको सम्मान गर्नुपर्ने बताए ।

फुटसल प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाकी सांसद आरजु राणाले गरेकी थिइन् । उक्त अवसरमा बोल्दै अभिनेता खड्काले नारीको सम्मानमा कमी आएको बताए । देखावटी सम्मानको प्रवृत्ति बढेको भन्दै उनले प्रेम, करुणा, सम्मान र हेर्ने दृष्टिकोण राम्रो नभएसम्म समाज बलियो र सभ्य नबन्ने बताए ।

आगामी वैशाखदेखि छायांकन तयारीमा रहेको फिल्म ‘क्यामिनो’को कार्यशालाका लागि खड्का यतिबेला काठमाडौंमा छन् । यसबाहेक केही फिल्म प्रोजेक्टमा पनि उनको तयारी भइरहेको छ । प्रेमगीत ३ पछि नयाँ प्रोजेक्टमा उनी व्यस्त देखिएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार