ए डिभिजन लिग : सातदोबाटो र हिमालयन शेर्पाको रोमाञ्चक जित

२०७९ फाल्गुन २४, बुधबार १८:४९ बजे

काठमाडौँ : सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकाल्दा हिमालयन शेर्र्पाले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै पहिलो जित निकालेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लबले एपिएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा हिमालयन शेर्पाले दशरथ रंगशलामा पुलिसलाई समान १–० गोल अन्तरले पराजित गरेको छ । यससँगै सातदोबाटोले दुई खेलमध्यै दुवै खेलमा स्पष्ट जित निकाल्दा हिमालयन शेर्पाले पहिलो जित निकाल्न सफल भएको हो ।

निकै प्रतिष्पर्धात्मक बनेको खेलमा सातदोबाटो युथ क्लबले एपिएफलाई पराजित गर्ने क्रममा विदेशी खेलाडी विलियम ओपोकुले ५५औं मिनेटमा गरेको गोल निर्णायक भएको हो ।

यस्तै अर्को खेलमा भने हिमालयन शेर्पाका लागि अमृत श्रेष्ठले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बनेको थियो ।

लिगमा बिहीबार दुई खेल हुनेछन् । पहिलो एन्फा कप्लेक्समा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लब तथा दोस्रो च्यासल मैदानमा त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार