
सुर्खेत : सुर्खेतको काक्रेबिहार फनपार्क एण्ड रिसोर्ट प्रा.लि.द्वारा संचालित ट्रि हाउस फन पार्कमा पिङ चुँडिँदा एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर नगरपालिका ६ घर भएकी अन्दाजी ५० वर्षीय खगिसरा सुनार रहेको सुर्खेत प्रहरीले जनाएको छ।
यस्तै पिङ खेलिरहेका अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा वीरेन्द्रनगर–३ कि २६ वर्षीया प्रतिमा गदाल र उनका छोरा दुई वर्षका प्रनिल गदाल रहेका छन्। उक्त घटना बुधबार साँझ घटेको प्रहरीले जनाएको छ ।
मृतक सुनारको शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ । प्रहरीका अनुसार मृतक सुनार आफन्तसँग भेटघाटको लागि सुर्खेत आएकी थिइन् । उनी अवलोकनका लागि सहिद पार्क गएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले घाइतेको अवस्था सामान्य रहेको बताए।
उनका अनुसार पार्क सञ्चालक कर्ण मगरलाई पक्राउ गरेको छ । उनले भने,’सोधपुछका लागि हामीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।