टेबलटेनिसमा पौडेललाई स्वर्ण

२०७९ फाल्गुन २४, बुधबार २०:१८ बजे

काठमाडौँ : योङ्गी पौडेलले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिताको गल्र्स यु–१६ सिंगल्समा बुधबार स्वर्ण जितेकी छन् ।

सातदोबाटोस्थित कराँते हलमा भएको फाइनलमा योङ्गीले अंकिता बज्राचार्यलाई ११–८, ११–९ र ११–९ को सोझो सेटमा पराजित गरिन् । एभीएमकी आस्मा पहरी र हाखा युवा क्लबकी इशानी महर्जन संयुक्त रुपमा तेस्रो भए ।

सोही स्पर्धाको ब्वाइजमा अस्मिता स्कुलका आशिष महता पहिलो, एभीएमका आरिश शाक्य दोस्रो तथा एभीएमका कुशल र जयश्नु महर्जन तेस्रो बने ।

गल्र्स यु–१२ सिंगल्समा एभीएमकी श्रृया शाक्य पहिलो, एभीएमकै अर्सना महर्जन दोस्रो तथा मार्योकी सुरमाया शाक्य र एभीएमकी निर्भी श्रेष्ठ तेस्रो बने । 

यु–१२ ब्वाइजमा इडेन गार्डेन स्कुलका रिजन शाक्य पहिलो, एभीएमका स्वर्णिम शाक्य दोस्रो तथा बसराका वचन विष्ट र सीवाइसीका निर्भाना वज्राचार्य तेस्रो भए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार