
दाङ : दाङको घोराही उपमहानगरपालिका-१४ बैंक रोड बस्ने सिमा श्रेष्ठको घरबाट ३१.५ तोला सुनका विभिन्न गहना चोरी भएको हो । उक्त घरमा कोही नभएको अवस्थामा कोठामा रहेको दराजको साँचो खोली दराजमा रहेका गहना चोरी भएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय घोराहीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।