जापानमा कार्यरत एक नेपालीको हृदयघातबाट निधन

२०७९ फाल्गुन २४, बुधबार २१:२२ बजे

जापान : जापानमा कुक पेशामा कार्यरत बागलुङ गलकोट नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पदमबहादुर चोखालको हृदयघातका कारण निधन भएको हो । 

विगत १४ वर्षदेखि जापानमा कार्यरत चोखाल मंगलबार आफ्नो आफ्नो नियमित कामबाट घर फर्केर श्रीमतीसँगै खाना खाएर सुतेकामा बिहान मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ । 

जापानको सिनगावा नजिकै श्रीमतीसँगै बस्दै आएका चोखालको नेपालमा एक छोरीसमेत रहेकी छन् । स्वर्गीय चोखालको मार्च ११ जापानमै अन्तिम संस्कार गरिने एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेले जानकारी दिए । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार