टीभी फिल्मी अब ‘नारी टीभी’ हुने

२०७९ फाल्गुन २४, बुधबार २१:३१ बजे

काठमाडौँ : विगत १४ वर्षदेखि फिल्मी सम्बन्धी विभिन्न सामाग्री प्रसार गर्दै आएको टीभी फिल्मी अब ‘नारी टीभी’का रुपमा अगाडि आउने भएको छ । 

अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर ‘टीभी फिल्मी’ की अध्यक्ष नीकिता पौडेलले सामाजिक सञ्जाल मार्फत टीभी फिल्मी अब ‘नारी टीभी’को रुपमा आउने घोषणा गरेकी हुन् ।

‘हिजो हामीले नेपाली फिल्मको सेवा गर्यौ । अब हामी हाम्रो च्यानललाई नेपाली नारीहरुमा समर्पित गर्न चाहन्छौं’ नीकिताले भनिन् ‘‘टीभी फिल्मी’ अब छिट्टै ‘नारी टिभी’ बनेर आउनेछ ।’ नारी दिवसका दिनमा टीभी फिल्मी ‘नारी टीभी’ भएको घोषणा गर्न पाउँदा आफूलाई हर्ष र गर्व समेत लागेको उनले भनाइछ । उनले देशका आमा दिदीबहिनी छोरीहरुमा समर्पित एउटा सम्पूर्ण नारी च्यानलका रुपमा चाडै नै नेपाली आकाशमा छाउने समेत बताएकी छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार