अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध गोप्य कागजात आफैँसँग राखेको आरोप

२०८० जेष्ठ २६, शुक्रबार

काठमाडौँ : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध राष्ट्रपति पद छाडेपछि अनधिकृत रुपमा महत्त्वपूर्ण एवं गोप्य दस्तावेज आफूसँगै राखेको आरोप लागेको छ । ७६ वर्षीय ट्रम्पविरुद्ध अनधिकृत रुपमा महत्त्वपूर्ण एवं गोप्य दस्तावेज आफैंसँग राखेको आरोप लागेको जनाएको छ ।

उनीविरुद्ध यो सहित कानुन उल्लंघन गरेको‚ गलत अभिव्यक्ति दिएको लगायत कूल ७ वटा आरोप लगाइएको छ । यसअघि यस्तो प्रकरणमा कोही पनि पूर्वराष्ट्रपति नमुछिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

ट्रम्प भने सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि जुटिरहेका छन् । आफूविरुद्ध आरोप लागेपछि उनले सामाजिक सञ्जाल ट्रुथ सोसमा अमेरिकी पूर्वराष्ट्रपतिमाथि यस्तो आरोप लाग्नेबारे आफूले कहिल्यै नसोचेको भन्दै यसलाई अमेरिकाको कालो दिनको रुपमा व्याख्या गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आफू अदालतमा उपस्थित हुनुअघि नै आफूमाथि लागेको आरोपपत्र दिइनुपर्ने बताएको सीएनएनले उल्लेख गरेको छ । यसका साथै उनले यही आरोपलाई लिएर मंगलबार अमेरिकाको मायामीस्थित संघीय अदालतमा उपस्थित हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार